समाज

दुर्घटनाबाट बच्यो समिट एयरको विमान
SHARES

बैशाख ३, २०७५

    सोलुखुम्बु : समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाैंबाट तेञ्जिङ-हिलारी विमानस्थल लुक्ला आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो।

    साेमबार बिहान लुक्लाका लागि उडेको उक्त जहाज धावनमार्गमा ल्याण्ड गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमिन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। अटो प्लाइलटअन गर्न भुलेर विमानको पछाडिको भागले जमिन छाेएकाले पनि अन्य कुनै क्षति नभएको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ। विमानमा १८ जना विदेशी नागरिक सवार भए पनि मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।

    विमानमा सामान्य क्षति पुगेपछि काठमाडौंबाट इन्जिनियरको टोली आई चेकजाँज गरेपछि दिउँसो ३ः१० मा पुन: काठमाडौं नै फर्किएको छ। खुम्बु पासाङ ह्लामु गाउँपालिका- २ मा रहेको उक्त विमानस्थल निकै व्यस्त विमानस्थल हो। प्राविधिक दृष्टिकोणले यो विमानस्थल अतिसंवेदनशील मानिन्छ। धावनमार्ग अतिछोटो भएकाले पनि उडान भर्दा समस्या आउने गरेको विमान चालकहरू बताउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]