|

उदयपुर : पाँचौ उदयपुर गोल्डकप आगामी बैशाख २२ गतेदेखि सुरु हुने भएको छ। उदयपुर जिल्लालाई चिनाउन सुरु गरिएको ‘उदयपुर गोल्डकप फुटबल प्रतियोगिता’ आगामी बैशाख २२ गतेदेखि २९ गतेसम्म थारूहट रंगशाला गाईघाटमा सञ्चालन हुन लागेको हो।

गोल्डकप मूल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरी जनाकारी दिइएको हो। आयोजक समितिका संयोजक किरण राईले प्रतियोगिताको पुरस्कार राशी तेब्बर वृद्धि गरेको बताए। ‘गतवर्ष एक लाख ५० हजार रुपैयाँ प्रथम पुरस्कार रहेकोमा यस वर्ष बढाएर पाँच लाख रुपैयाँ पुर्‍याइएको छ’ , संयोजक राईले भने, ‘एक लाख रुपैयाँ राशीको उपविजेतालाई बढाएर तीन लाख रुपैयाँ पर्‍याइएका छौँ।’

जिल्लाको कटारी नगरपालिकामा हुने कटारी गोल्डकपले पुरस्कार राशी बढाएपछि उदयपुर गोल्डकपले पनि पुरस्कार राशी बढाइएको हो। प्रतियोगितामा लगभग ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको जिल्ला फुटबल संघका अध्यक्ष रंजन कार्कीले बताए। 

प्रतियोगिताको मुख्य प्रायोजन एसियन थाईफुड्स प्रालि र प्राविधिक सहयोग राष्ट्रिय खेलकुद परिषद तथा जिल्ला खेलकुद विकास समिति रहेका छन्। त्रियुगा नगरपालिकाले १० लाख रुपैयाँ रकम उपलब्ध गराउने बताएको छ भने अन्य रकम प्रायोजक र सहप्रायोजकबाट जुटाउनुपर्ने कार्कीको दाबी छ। जिल्लाका चार नगरपालिका र चार गाउँपालिकासहित आठवटै स्थानीय तहबाट सहयोगको अपेक्षा गरेको संयोजक राईको भनाइ छ।

प्रतियोगितामा आउने फुटबल क्लवको टुंगो लाग्न बाँकी रहेको राईको भनाइ छ। उनका अुनसार प्रतिस्पर्धामा ‘ए’ डिभिजनका विभागीय टिम र क्लबहरुको सहभागिता हुने गरी प्रक्रिया मिलाइएको छ। जसमा ‘ए’ डिभिजनका राष्ट्रिय टिमहरु थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, नेपाल पुसिल क्लब र शंकटा क्लब काठमाडौं, मनाङ मर्स्याङ्दी काठमाडौंलगायत झापा ११, मोरङ ११, सुनसरी ११, रुपन्देही ११ र घरेलु टिम उदयपुर ११ ले सहभागिता जनाउने आयोजकको अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.