|

बुटवल : पाल्पाको तिनाउ नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। तिनाउ गाउँपालिका- ३ हेडबक्सनजिकै पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची सन्धिखर्क नगरपालिका- १ का १८ वर्षीय सुशील श्रेष्ठको मृत्यु भएको हो। 

श्रेष्ठको शव नदीबाट निकालेर लुम्बिनी अ‌ंचल अस्पतालमा राखेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.