समाज : सुरक्षा/अपराध

सुनचाँदी व्यवसायीको हत्या आरोपमा दुई पक्राउ
SHARES

बैशाख ३, २०७५

    भन्द्रपुर (झापा) : झापको बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न रहेका फरार दुर्इ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ का २१ वर्षीय ‘मामा भान्जा’ भनिने सुरज चौधरी र बिर्तामोड २ का २२ वर्षीय राहुल राजेश साह रहेका छन्। विशेष सुराकीको आधारमा प्रहरीले झापाको बिर्तामोडबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैलाई झापास्थित जिल्ला अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धन अघि बढाएको प्रहरीले जनाएको छ।

    योसँगै व्यवसायी मुखियाको हत्यामा संलग्न पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले यसअघि बिर्तामोड ३ सैनिक मोडका २९ वर्षीय पारसकुमार देव, बिर्तामोड त्रिवेणी टोलका १९ वर्षीय दीपेश पौडेल र सोही ठाउँका २३ वर्षीय प्रकाश भन्ने चिरञ्जिवी ओलीलाई पक्राउ गरेको थियो। 

    बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोरनजिक रहेको देवा ज्वेलर्सका सञ्चालक मुखिया फागुन २० गतेदेखि बेपत्ता भएको थिए। बेपत्ता भएको नौ दिनपछि मेची राजमार्ग अन्तर्गत इलामको लसुने–अर्यालचोक सडकखण्डको जमुनेडाडाको सडकबाट २० फिट तल जुटको बोराभित्र उनको शव कुहिएको अवस्थामा फेला परेको थियो। 

    मुखियालाई व्यावसायिक रिसिबिका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। उनीहरूलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक, खुनडाँका र सांगठिन अपराधमा मुद्दा चलाएको छ।

पार्थ मण्डल

पत्रकार मण्डल थाहाखबरका झापा (भद्रपुर) संवाददता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]