|

कंचनपुर : ट्रिपरको ठक्करबाट एक ५५ वर्षीया महिलाको मृत्यु भएको छ। कंचनपुरको महाकाली नगरपालिका- ४ चाँदनीकी बोनीदेवी लुहारको मृत्यु भएको हो। 

भीमदत्त नगरपालिकाको सुकासालमा हिँडदै गरेकी लुहारलाई म१ख ७७२ नम्बरको ट्रिपरले ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते भएकी लुहारको महाकाली अंचल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। 

ट्रिपरका चालक भीमदत्त नगरपालिका- २ का ५६ वर्षीय गणेशबहादुर शाही र ट्रिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.