|

कंचनपुर : बाघको आक्रमणबाट भीमदत्त नगरपालिका- १९ बागफाँटाका ४५ वर्षीय छाउना राना घाइते भएका छन्। खेतमा गहुँ काट्दै गर्दा रानालाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट रानाको मुख, छाती, पिठ्युँमा चोट लागेको छ। उनको अहिले महाकाली अंचल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

प्रहरी नायव उपरीक्षक सेटीका अनुसार बाघले स्थानीय वीरबहादुर सिंहको गाईको बाच्छीलाई आक्रमण गरी घाइते बनाएको छ भने रामदत्त भट्टको खसीलाई मारेको छ।

निकुञ्जबाट बस्ती छिरेको बाघ भगाउनका लागि बागफाँटास्थित प्रहरी चौकीका प्रहरी, नेपाली सेनाका १५ जवान, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी परिचालित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.