|

कंचनपुर : कंचनपुरमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित सोमबार पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालिका- ११ डोकेबजारबाट लागूऔषध स्पास्म १६ ट्याबलेटसहित कैलाली धनगढी उपमहानगरपालिका- ५ का रोशनसिंह पक्राउ परेका हुन्। यसरी नै भीमदत्त नगरपालिका- १८ भगतपुरबाट अशोक चौधरी, सुनिल चौधरीलाई लागूऔषध नाइट्राभेट ३१८ ट्यावलेटसहित प्रहरीले पक्राउ परेकाे छ। त्यसैगरी भीमदत्तनगरपालिका- ३ का महेश जोशी र शिव ओडलाई लागूऔषध नाइट्राभेट १२४ ट्याबलेट र सात ग्राम चरेससहित प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सेटीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.