|

काठमाडौं : साहित्यकार एवम् समालोचक डा. कुमारबहादुर जोशीको सोमबार निधन भएको छ।

दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका डा. जोशी केही समयदेखि पेट र पिसाबसम्बन्धी रोगबाट पीडित थिए।

झण्डै महिना दिनअघिदेखि सुमेरु अस्पतालमा उपचार गराउँदै आएका जोशीलाई वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले उपचार गरिरहेका थिए।

काठमाडौंको चाबहिलमा जन्मिएका ७४ वर्षीय जोशी महाकवि लक्ष्मीप्रसाद देवकोटाबारे जानकार व्यक्तिका रूपमा चिनिन्छन्। उनले महाकवि देवकोटाकै कृतिमाथि नै विद्यावारिधि गरेका थिए।

उनको पहिलो कृति 'सञ्चयन’, २०२५ निबन्धकृति हो। उनका 'महाकवि देवकोटा र उनका महाकाव्य’, 'एक व्यक्तित्व, अनेक दृष्टि’, 'देवकोटाका कविता यात्राको विश्लेषण र मूल्यांकन’, 'देवकोटाका कविताकृतिको कालक्रमिक विवेचना’, 'देवकोटाका कविताकृतिमा प्रकृति’, 'लक्ष्मी निबन्धसंग्रहका निबन्धहरूमा देवकोटाको काव्य मान्यता’, 'महाकवि देवकोटा : अनेक आँखामा’लगायत कृति प्रकाशित छन्।

जोशीले लामो समय त्रिभुवन विश्वविद्यालय र भारतको बनारस हिन्दु युनिभर्सिटीमा प्राध्यापन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.