राजनीति

अादिवासी जनजातिहरूको संरक्षणका लागि विशेष कानुन बनाउँछौँ : मुख्यमन्त्री राई
SHARES

सिरुवा पर्वमा सार्वजनिक बिदा दिने उद्घोष

बैशाख ३, २०७५

    भद्रपुर (झापा) : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिहरूको संरक्षणका लागि प्रदेश सरकारले विशेष कानुन र नीति बनाएर अघि बढ्ने बताएका छन्। मुख्यमन्त्री राईले झापाको कचनकवल गाउँपालिकास्थित बनियानीमा सोमबार सिरुवा पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वृहत सांस्कृतिक कार्यक्रममा बोल्दै जनजातिका लागि विशेष कानुन ल्याउने बताएका हुन्। 

    मुख्यमन्त्री राईले आदिवासी जनजातिहरूको भाषा, संस्कृति, लिपि तथा रीतिरिवाजहरूलाई संरक्षण गर्नका लागि प्रदेश सरकारले यही आर्थिक वर्षमा विशेष नीति र बजेट प्रस्तुत गर्ने बताए।  मुख्यमन्त्री राईले भने, ‘आदिवासीको सिरुवा पर्वलाई सरकारले आजसम्म मान्यता नदिएकामा प्रदेश सरकारले यसलाई सार्वजनिक बिदाको मान्यता दिएर अघि बढ्नेछ।’ संविधान निर्माणपश्चात २०७४ मा देशले पाएको ऐतिहासिक उपलब्धि कार्यान्वयनको चरणमा रहेको भन्दै प्रदेश सरकार यसका लागि लागिपरेको उनले बताए।

    ‘२०७४ साल जस्तै २०७५ पनि प्रदेश सरकारका लागि ऐतिहासिक वर्ष सावित हुनेछ। भौतिक समृद्धिका बारेमा मात्र कुरा गरेर हुँदैन’, उनले भने, ‘आदिवासी जनजातिको भाषा र संस्कृतिलाई जोगाउन नसकिए कुनै हालतमा समृद्धि हासिल हुँदैन।’ 

    नेपालकै सबैभन्दा होचो स्थान रहेको कचनकवलमा पहिलो पटक पाइला टेकेको बताउँदै मुख्यमन्त्रीले भने, ‘कचनकवलको संरक्षण र प्रवर्द्धन प्रदेश सरकारको दायित्वमा पर्छ।’ कचनकवलमा आन्तिरक र बाह्य पर्यटक भित्र्याउन पर्यटन हवको रूपमा विकास गर्नुका साथै आदिवासीको सांस्कृतिक संग्रहालय स्थापना गराउन प्रदेश सरकार तयार रहेको उनले बताए।  

    कार्यक्रममा कचनकलव गाउँपालिका अध्यक्ष अञ्जार आलम, सांसद धर्मशिला चापागाईं, प्रदेश सांसद बसन्त बानियाँ, ओमप्रकाश सरावगीलगायतको उपस्थिति थियो। कार्यक्रममा कचनकवलको विकास र समृद्धिका लागि मुख्यमन्त्री राईलाई स्थानीय समितिले ज्ञापनपत्रसमेत बुझाएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]