विराटनगर : विराटनगर महानगरपालिका- १३ स्थित भारतीय राजदूतावास इकाई कार्यालयको पश्चिमपट्टिको पर्खालमा सोमबार साँझ बम विस्फोट भएको छ। उक्त बम विस्फोटबाट पर्खालमा सामान्य क्षति भएको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले जानकारी दिए।
मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।