|

इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली डेयरडेभिल्सको खराव प्रदर्शन जारी छ। चार खेल खेलेको दिल्लीले सोमबार तेस्रो हार ब्योहोर्‍याे। सोमबार भएको खेलमा कोलकता नाइटराइडर्सले दिल्लीलाई ७१ रनको फराकिलो अन्तरले पराजित गर्दै लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लीयो। दिल्ली भने पुछारबाट दोस्रो स्थानमा रहेको छ। कोलकताले ४ खेलमा २ मा जित निकालेको छ। 

कोलकताले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १४.२ ओभरमा १ सय २९ रनमै अलआउट भयो। दिल्लीका लागि ग्लेन म्याक्सवेलले २२ बलमा ४७ र रिशव पन्तले २६ बलमा ४३ रन जोड्नु सर्वाधिक ठुलो स्कोरका रुपमा रह्यो। यी दुई बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो रनको स्कोर बनाउन सकेनन्।
दिल्लीलाई सस्तैमा समेट्ने क्रममा कोलकताका कुलदिप यादव र सुनिल नारायणले  ३ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले २० ओभरमा ९ विकेट गुमाएर २ सय  रन जोड्न सफल भएको थियो। कोलकताका लागि आक्रामक ब्याटिङ गरेका नितिश रानाले ३५ बलमा ५९ रन जोडे। उनले ५ चौका र ४ छक्का प्रहार गरे।  आन्द्रे रसेलले १२ बलमा ४१ रनको विस्फोटक पारी खेले। उनले ६ छक्का प्रहार गरे। त्यस्तै रबिन उथप्पाले ३५ रनको योगदान दिंदा क्रिस लियोनले ३१ रन जोडे।

बलिङतर्फ दिल्लीका राहुल टेवइटाले ३ विकेट लिए। ट्रेन्ट बाउन्ट र क्रिस मोरिसले पनि समान २ विकेट हात पारेपनि टिमको फराकिलो स्कोर रोक्न भने असफल रहे। नेपाली बलर सन्दिप लामिछाने चाैथाे खेलमा पनि पर्न सकेनन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.