|

काठमाडौं : सरकारले प्रतिदिन ६५८ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ। 

विश्व बैकले नेपालको श्रम बजारमा प्रतिमहिना ३५ हजार जनशक्ति थपिने गरेको भन्दै सरकारले रोजगारीदिनको लागि वार्षिक दुई लाख ४० हजार नयाँ रोजगारी सिर्जना हुनपर्ने जनाएको छ। बैकको प्रतिवेदनअनुसार नेपाल सरकाले प्रतिदिन छ सय ५८ नयाँ रोजगारी सिर्जना गर्नु पर्ने चुनौती देखिन्छ। 

बैकले सोमबार प्रकाशन गरेको ‘रोजगारीबिनाको वद्धि’ प्रतिवेदन अनुसार विश्वका विकसित मुलुकले झैं उच्च रोजगारी सिर्जना गर्न आर्थिक वृद्धिले मात्र पुग्दैन। सन् २०२५ सम्ममा मासिक रुपमा दक्षिण एसियाका १८ लाख युवा काम गर्ने उमेरमा परिपक्क हुँदै जाने र यस क्षेत्रमा आर्थिक वृद्धिदरको कारण रोजगारी सिर्जनादर राम्रो भएको टिप्पणी पनि विश्व बैंकको छ।

तर काम गर्ने उमेर समूहका यूवाको जनसंख्या अत्यधिक रुपमा बढिरहेको परिप्रेक्षमा आर्थिक वृद्धिले मात्र रोजगारी सिर्जना गर्न मद्दत गर्न नसक्ने पनि प्रतिवेदनमा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.