|

कैलाली : सरकारले पूर्व–पश्चिम विद्युतीय रेल परियोजनाअन्तर्गत रूपन्देहीको बुटवलदेखि कञ्चनपुरके गड्डाचौकीसम्मको विस्तृत आयोजना प्रतिवेदन डीपीआरको अन्तिम चरणमा पुर्याएको छ।

चार खण्डमा निर्माण हुने रेलका दुई खण्ड प्रदेश ७ मा पर्नेछन्। मेची–महाकाली रेल सेवा विस्तार योजना अगाडि बढाइएका बेला सोही योजनाअन्तर्गत चालू आर्थिक वर्षदेखि कोहलपुर–सुखड सुखड गड्डाचौकी रेलसेवा विस्तारका लागि डीपीआर बनाउने काम सुरु भएको थियो।

आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा डीपीआर बनाउने काम अन्तिम चरणमा पुगेपछि अहिले ‘डिजाइन स्टिमेट’ बनाउने कामको थालनी भएको छ। सरकारले चालू आर्थिक वर्षको सुरुमा रेलको डीपीआर तयारीका लागि बजेट विनियोजन गर्दै रेल विभागले परामर्शदाता नियुक्त गरेपछि सुरु भएको काम अन्तिम चरणमा पुगेको हो।

बुटवलदेखि गड्डाचौकीसम्म ४२० किलोमिटर लामो विद्युतीय रेल सञ्चालनका लागि विभागले अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीमार्फत काम गरेको हो। सरकारले नेपालमा विद्युतीय, मेट्रो र मोनोरेल सञ्चालनका लागि ०६८ असारमा गठन गरेको रेल विभागले विभिन्न आयोजना सञ्चालन गरी मेची–महाकाली द्रुत विद्युतीय रेल अयोजनाअन्तर्गत थालिएको डीपीआर बनाउने काम समयमै सकिने अवस्थामा पुगेको विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.