राजनीति

एमाले भन्छ, एकता घोषणा वैशाख ९ मै हुनुपर्छ
SHARES

बैशाख ४, २०७५

    काठमाडौं : एमालेले माओवादी केन्द्रसँग एकता घोषणा वैशाख ९ गते नै गर्नुपर्ने निष्कर्ष निकालेको छ। 

    साेमबार राति अबेरसम्म बसेकाे एमाले स्थायी कमिटी बैठकले दुई पार्टीले गठन गरेका संगठन र वैचारिक कार्यदलले प्रतिवेदन दिइसकेको र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस वैशाख ९ नै एकता गर्नुपर्ने निष्कर्ष निकालेको हाे। 

    एकताका लागि गर्नुपर्ने आन्तरिक तयारी पूरा गरेर ढिलो नगरी अधिकतम सहमति गरी एकता घोषणा गर्नुपर्ने नेताहरुको जोड रहेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए।

    प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिनभर अन्य कार्यक्रम स्थगन गरी एकता प्रक्रियासम्बन्धी छलफलमा जुटेका थिए। प्रधानमन्त्रीले सोमबार बिहान माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए। 

    दुई दलबीचको एकता संयोजन समितिको बैठक मंगलबार बिहान राखिएको छ। प्रतिवेदनमा सहमति हुन बाँकी देखिएको एकता मिति, घोषणा प्रक्रिया, एकतामा सांगठनिक अनुपात, जनयुद्धबारेको विश्लेषणबारे निष्कर्षमा पुग्ने विश्वास गरिएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]