|

सुर्खेत : सुर्खेत—काठमाडौं हवाइ भाडा घटेको छ। नेपाल वायु सेवा निगमले सुर्खेत–काठमाडौं भाडामा एक हजार ५०० रुपैयाँ कम गरेको हो।

नयाँ भाडादरअनुसार सुर्खेत—काठमाडौं पाँच हजार ९०० र काठमाडौं–सुर्खेतका लागि ६ हजार रुपैयाँ कायम गरिएको निमगका सुर्खेत प्रतिनिधि चेतनकुमार तिमिल्सेनाले जानकारी दिए। उनले कर्णालीका नागरिकको मागलाई सम्बोधन गर्दै भाडा घटाएको बताए।

यसअघि सुर्खेत–काठमाडौंका लागि ७  हजार  ४०० र काठमाडौं–सुर्खेतका लागि ७ हजार ५०० भाडा थियो। गत चैत २५ देखी उडान सुरु गरेको निगमको विमानको भाडा महँगो भएको जनगुनासो भएको थियो। वायु सेवा निगमले १८ सिटे विमानबाट सुर्खेतमा सेवा दिइरुहेको छ। बुद्ध एयरले पनि सेवा सञ्चालन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.