|

जनकपरधाम : जनकपुर उपमहानगरपालिका–२४ सोनापारामा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय दिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

मण्डललाई छिमेकी २४ वर्षीया महिलालाई गत चैत ३० शुक्रबार दिउँसो १ बजेतिर घरमा कोही नभएको मौका पारी जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाइएको छ। 

आरोपित मण्डलले मादक पदार्थ सेवन गरी जबरजस्ती करणीको प्रयास गर्दा महिलाले प्रतिकार गर्दै चिच्याउँदा स्थानीयहरुको थाहा पाई प्रहरीलाई जानकारी गराएका थिए। उनलाई धनुषा प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.