|

खोटाङ  : राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले नेपाल विश्वमा खेलकुदका माध्यमबाट बढी चिनिएको बताएका छन्। 

‘नेपाललाई विश्वमा कुनै पक्षले चिनाएको छ भने त्यो खेलकुद हो’, उनले भने, ‘राम्रो खान नपाए पनि, नाङ्गो खुट्टाले खेले पनि अमेरिका, बेलायतजस्ता देशलाई हराउने ल्याकत नेपाली खेलाडीसँग छ।’

खोटाङको दिक्तेलमा सोमबार आयोजित दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन समारोहमा उनले अभावका बीचमा पनि नेपाली खेलाडीले शक्तिशाली भनिएका देशलाई हराएर नेपाली खेलकुदको सम्भावनालाई फराकिलो बनाएको बताए। 

‘खेलकुद अहिलेसम्म उपेक्षामा परेको क्षेत्र हो। खेलकुदलाई यसरी उपेक्षा गरेर विकास सम्भव छैन’, उनले भने,  ‘युवा पुस्तालाई अनुशासित,  सभ्य र स्वस्थ बनाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुन्छ।',

सचिव विष्टले नेपाललाई विश्वमा सगरमाथा र गौतम बुद्धको नामले मात्र नभई खेलकुदको माध्यमबाट चिनाउनुपर्ने बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.