|

पाल्पा : तिनाउ खोलामा पौडी खेल्ने क्रममा सोमबार एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–१, पटुवाथुमका १८ वर्षीय सुशील श्रेष्ठ रहेका छन्।

तिनाउ गाउँपालिका–३, डेडबक्स नजिकै खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी तथा डीएसपी विनोद घिमिरेले जानकारी दिए। 

पाल्पाको रानीमहल नजिकै कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव भने अझै फेला परेको छैन। रिब्दीकोट गाउँपालिका–३, हार्थोकका १८ वर्षीय संगम कार्की अझै  बेपत्ता छन्। उनीसँगै नयाँ वर्षका दिन हराएका युवक आयुष खनालको शव आइतबार रानीमहल नजिकै कालीगण्डकी नदीमा फेला परेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.