दमौली : रिक्त भएको ९५ दिनपछि नयाँ प्रमुख जिल्ला अधिकारी तनहुँ पुगेका छन्। गृह मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीका रूपमा भरतकुमार शर्माले सोमबारदेखि कार्यभार सम्हालेका छन्।
तत्कालीन प्रजिअ रितेशकुमार शाक्य गत पुस २८ गते सरुवा भई राष्ट्रिय सतर्कता केन्द्र काठमाडौं गएपछि लामो समयदेखि तनहुँ प्रजिअविहीन भएको हो।
प्रजिअ नहुँदा जिल्ला प्रशासन कार्यालयले हेर्ने केही सार्वजनिक अपराध, हातहतियार खरखनाजा, कालोबजारसम्बन्धी मुद्दाको फैसला गर्ने काम प्रभावित भएको थियो। प्रजिअ शर्माले तनहुँको शान्ति सुव्यवस्था, सुशासन र समृद्धिमा जोड दिने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।