काठमाडाैं : सत्तारुढ एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
वैशाख ९ गते पार्टी एकताको घोषणालाई अन्तिम रूप दिन बैठक बसेको प्रधानमन्त्री केपी शर्मा अोलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
एकतापछि दुवैको हिस्सा बराबर हुनुपर्ने माग माओवादीले राखेपछि लामो समयसम्म बैठक बस्न सकेको थिएन। सोमबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एकतालाई टुंगोमा पुर्याउन दुई घण्टा लामो छलफल भएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।