|

विराटनगर : चट्याङ लागेर सोमबार साँझ ६ बजे सोलुखम्बुमा एकजनाको मत्यु भएको छ भने खोटाङमा दुईजना घाइते भएका छन्। सोलुखम्बुको दूधकोशी–७ का ३८ वर्षीय सीताराम राईको खेतमा काम गरिरहेको समयमा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। 

त्यस्तै, चट्याङमा परेर खोटाङमा दुईजना घाइते भएका छन्। दिक्तेलको रुपाकोट–मझुवागढी–४ बस्ने पूण्यबहादुर कटुवालको चार वर्षीय छोरा प्रेम कटुवाल र सशस्त्र प्रहरी हलेसी गुल्ममा कार्यरत जवान युवराज विश्वकर्मा घाइते भएका हुन्। दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.