|

गोरखा : गोरखा नगरपालिकाले नगरपालिकाका सेवाग्राहीको सेवामा असर नपरोस्, वडाध्यक्ष कहीँ कतै गए समयमै आएर सेवा प्रदान गर्न गरून् भनेर सबै वडाध्यक्षलाई मोटरसाइकल वितरण गर्‍यो। तर, ती मोटरसाइकलको दुरुपयोग भएको पाइएको छ।

वडा नम्बर ३ का वडाध्यक्ष हुन् रामबहादुर बोगटी। उनलाई नगरपालिकाले ग १ ब ८२९ नम्बरको मोटरसाइकलको दिएको छ। तर, बोगटीले उक्त मोटरसाइकल आफन्तलाई चलाउन दिने, सिकारुलाई दिने गरेको पाइएको छ। ‘वडाध्यक्षले मोटरसाइकल चलाएकै देखिन्न,’ नाम उल्लेख नगर्ने सर्तमा सोही वडाका एक सेवाग्राहीले भने, ‘कहिले काहीँ मात्रै प्राविधिकले चलाएको देखिन्छ नत्र सधैँ उनका छोराले नै चलाएर हिँड्छन्।’ बोगटीलाई वडा कार्यालय छोडेर अरू बेला उनका छोराले निजी काममा मोटरसाइकलको प्रयोग गर्ने गरेको ती सेवाग्राहीले बताए।

सेतो नम्बर प्लेट भएको सवारीसाधन कर्मचारीले कार्यालय समयमा र बिदाको दिन सम्बन्धित कार्यालयको अनुमति लिएर मात्र चलाउन पाउने प्रावधान छ। 
वडाध्यक्ष बागटीले छोराले मोटरसाइकल चढाएर हिँड्ने गरेको स्वीकारे। ‘मलाई अलिअलि चलाउन आउँछ, बजार जान लाइसेन्स छैन’ बोगटीले भने, ‘मलाई कार्यालय ल्याउने लैजाने छोराले गर्छ। कहिलेकाहीँ प्राविधिकले पनि चलाउँछन्।’

उक्त मोटरसाइकल सिकारूलाई दिने गरेका घुमाउरो पारामा स्वीकार गरे। ‘यसलाई घरमा ल्याएर कोठामा थन्क्याएर राख्ने कुरा भएन।’ उनले भने, ‘मलाई मात्र के सोध्नु हुन्छ। वडा नम्बर ६ काले के के ग¥या छ।’ उनले बजारमा तेल हाल्न छोरालाई पठाउने गरेको बताए। 

मोटरसाइकल दुरुपयोगबारे नगर प्रमुख राजनराज पन्तलाई जानकारी लिँदा उनले यसबारे बुझ्ने बताए। ‘वडाध्यक्षलाई कार्यालय लैजान र ल्याउन छोराले चलाउन पायो,’ उनले भने, ‘तर बजार आउन, व्यक्तिगत काममा हिँड्न पाएन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.