|

काठमाडौं : फिल्म ‘चङ्गा’को पहिलो गीत रिलिज भएको छ। जेठ २५ लाई प्रदर्शन मिति तय गरेको फिल्मले प्रचारको सुरुवात भन्दै फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो। सार्वजनिक उक्त गीतमा राजनराज सिवाकोटीको संगीत रहेको छ। राजेन्द्र थापाको शब्द समावेश गीतमा राजनराज र अन्जु पन्तले स्वर दिएका छन्।

कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका प्राय: मुख्य कलाकार फिचरिङ छन्। भिडियोमा बुद्धि तमाङ, अंकित खड्का, लक्ष्मी बर्देवा रेश्मा तिमल्सिनालगायतलाई देख्न सकिन्छ।

कमेडी जनरामा निर्मण भएको चंगालाई किशोर भण्डारी ‘डिट्ठासाब’ले निर्देशन गरेका हुन्। फिल्ममा बुद्धि, अंकित, लक्ष्मी र रेश्मासँगै कमलमणि नेपाल, प्रेमवर्षा शाह, जीवन भट्टराई, राजन खतिवडा र लक्की भण्डारीलगायतको अभिनय रहेको छ।

पक्रु पाण्डे कार्यकरी निर्माता रहेको फिल्ममा निर्देशक भण्डारीकै कथा समावेश छ। रवीन आचार्यले खिचेको फिल्मलाई रेश्मा तिमल्सिनाले निर्माण गरेकी हुन्।

भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.