|

फुटबलमा अनेकन कुराहरू सुनिने गर्छन् खेलाडीका व्यक्तिगतदेखि क्लबका गसिप त पटक-पटक सुनिएकै हुन्, तर बुन्डेस लिगामा सोमबार राति भने फरक दृश्य देखियो।

घटना फरक मात्र होइन निकै रोचक रह्यो। मेइन्ज र फ्रेइबर्गबीचको खेलमा हाफ टाइम भएपछि खेलाडीहरू ड्रेसिङ रुममा गए। तर, रेफ्री गुइडो विङ्कम्यानले दुवै टिमलाई पुनः मैदानमा बोलाएर मेइन्जलाई पेनाल्टीको अवसर दिए। सबै आश्चर्य चकित भए त्यसको कारण भने भिडियो एसिस्टेन्ट रेफ्री हो। जसको ढिलो निर्णयले फुटबलमा दुर्लभ घटना देख्न पाइयो।

भिडियो एसिस्टेन्ट रेफ्री भार प्रविधिको धेरै स्थानमा आलोचना भइराखेको समयमा बुन्डेस लिगाको खेलमा पनि समयमा निर्णय दिन नसेकेपछि भिआरएस प्रविधिमानै संसारलाई विश्वास कम हुने आँकलन गरिएको छ। फ्रेइवर्गका खेलाडीको ह्यान्‍डबल भएको पत्ता लागेपछि रेफ्रीले ड्रेसिङ रुम पुगिसकेका खेलाडीलाई मैदानमा बोलाएका थिए।

मिडफिल्डर पाब्लो डी ब्लासिसले उक्त मौकामा गोल गरे। ७८ औँ मिनेटमा पनि ब्लासिसले गोल गर्दै मेइन्जलाई २-० को जित दिलाए। समग्रमा रोचक घटना भएसँगै फुटबल क्षेत्रमा फेरि एकपटक भिआरएस प्रविधिलाई लिएर भने बहस सुरु भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.