|

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताएका छन्।

नेता विश्वकर्माले ६ महिना भित्र संवैधानिक व्यवस्था अनुसार कानुन निर्माणको कामलाई सम्पन्न गर्न पनि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताएका हुन् । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभामा ७ वटा समिति बनाउन उपयुक्त हुने प्रस्ताव पनि अघि सारे ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिमा १० वटा समिति बनाउने विषयमा करिव सहमति जुटेको छ । तर ,नियमावली मस्यौदा समितिको सदस्य समेत रहनु भएका काँग्रेस नेता विश्वकर्माले भने मन्त्रालयको संख्या घटेकै अनुपातमा समितिहरुको संख्या पनि घटाएर ७ वटा बनाउन उपयुक्त हुने धारणा पार्टीको रहेको बताए । उनले प्रतिनिधिसभामा विषयगत समितिहरुको संख्याको विषयमा निर्णय लिन विज्ञहरुसँग परामर्श गर्नुपर्ने माग पनि गरे ।

कांग्रेस नेता विश्वकर्माले राज्यलाई व्ययभार हुनेगरी समितिहरुको संख्या बढाउने कुरा जायज नहुने तर्कसमेत गरे । उनले काँग्रेस न्यायपालिकालाई संघीय संसदको मातहत ल्याउने कुराको विपक्षमा रहेको पनि स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.