|

बुटवल : रुपन्देहीमा शौचालय जान भनेर घरबाहिर निस्केकी किशोरी मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–६ नरेनापुरकी १४ वर्षीया सरस्वती हरिजन घरदेखि झन्डै एक किलोमिटर टाढा खेतमा मृत अवस्थामा फेला परेकी हुन्।

सोमबार राति करिब ९ बजे शौचालय जान भनेर घरबाहिर निस्केकी हरिजन मंगलबार बिहान साढे ८ बजे खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए।

स्थानीयले किशोरीको बलात्कारपछि हत्या भएको दाबी गर्दै अनुसन्धान गर्न माग गरेका छन्। किशोरीको मुख र खुट्टामा चोट लागेको र गुप्तांगबाट रगत बगेको प्रहरीले बताएको छ। घटनाबारे सत्यतथ्य पत्ता लगाउन काम थालेको डिएसपी पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.