|

काठमाडौं : उपत्यकामा सञ्चालन भइरहेका सिंगल थिएटर फिल्म हलरूमा 'बक्स अफिस' प्रणाली इ-टिकेटिङ लागु हुने भएको छ।

मल्टिप्लेक्स हलहरूमा यसअघि नै यो प्रणाली सञ्चालनमा रहेको छ। यी सबैलाई चलचित्र विकास बोर्डले आफ्नो डाटा हवमा जोड्ने भएको छ। यसका लागि काम भइरहेको बताइएको छ।

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले १० वैशाखदेखि सिंगल थिएटरहरूलाई पनि औपचारिक रुपमा इ-टिकेटिङमा प्रणालीमा लिइने बताइन्।

यो प्रणालीको चावहिलमा रहेको गोपीकृष्ण मुभिजमा परिक्षण सम्पन्न भएको जानकारी दिइएको छ। कोटेश्वरको पुष्पाञ्जली, बौद्धको सिदार्थ र पृथ्वीसँगै कलंकी सिनेमा हलमा पनि वैशाख १० गतेदेखि इ-टिकेटिङ प्रणाली सुरु हुने बताइएको छ।

अध्यक्ष पौडेलले हल संचालक तथा निर्माताहरूकै सल्लाहमा श्रावणदेखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाली लागु हुने जानकारी दिएकी छन्। त्यसका लागि उपत्यका बाहिरका सिनेमा हलहरूमा सर्भर जडानको काम भइरहेको उनले जानकारी दिइन्। आर्थिक अवस्था कमजोर भएका थिएटरहरूलाई बोर्डको सहयोग हुने उनले बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.