|

काठमाडौं : प्रतिनिधिसभामा प्रधानमन्त्रीले महिनाको दुई पटक सांसदहरुसँग प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ। 
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीले महिनाको २ पटक सांसदहरुको प्रश्नको जवाफ दिने व्यवस्था गरिएको जानकारी गराए ।  प्रधानमन्त्रीसँग सांसदहरुले सिधैं प्रश्न गर्न पाउने नेपालमा पहिलो पटक व्यवस्था गर्न लागिएको हो । सरकारलाई संसदप्रति जवाफदेही बनाउन यो व्यवस्था गर्नु परेको पनि सभापति पोखरेलले स्पष्ट पारे ।

समितिले सांसदहरुले शुन्य र विशेष समयमा राखेको जिज्ञासाहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने बाध्यतात्मक व्यवस्था पनि गरेको छ । मन्त्रीपरिषदलाई संसद र संसदलाई जनताप्रति उत्तरदायी बनाउन यो व्यवस्था गरिएको पनि सभापति पोखरेलले बताए ।  समितिमा फौजदारी अभियोगमा मुद्दा लागेका सांसदहरु स्वतः निलम्बन हुने व्यवस्था गर्ने विषयमा पनि छलफल भईरहेको छ । प्रतिनिधिसभा १० वटा समिति बनाउनुपर्ने प्रस्ताव गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.