|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले राष्ट्र निर्माणमा समर्पित भएर लाग्न निजामति कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

मन्त्री पण्डितले निजामती सेवा राष्ट्र निर्माणका लागि सक्षम रहेको विश्वास पनि व्यक्त गरे। मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच नेपाल सरकारका नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुको ३२ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै उनले भनसुनको भरमा नचल्न पनि सचेत गराए।  लोकसेवा पास गरेर आएका निजामती कर्मचारीहरुले भ्रष्टाचार नगर्ने मन्त्री पण्डितको भनाई छ ।

मन्त्री पण्डितले गल्ती नगर्न पनि निजामती कर्मचारीहरुको गम्भिर ध्यानाकर्षण गराए। उनले देशको सेवा गर्ने कसम खाएर आएका निजामती सेवाका कर्मचारीहरुले भनसुनको भरमा चल्न नहुने पनि स्पष्ट पारे।  कार्यक्रममा मन्त्री पण्डितले १ सय ५३ जना प्रशासन तालिम लिएका अधिकृतहरुलाई प्रमाण पत्र वितरण गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.