|

काठमाडौैं  : नेपाल क्रिकेटसंघको साधारणसभा ६ र ७ वैशाखमा हुने भएको छ। विधान संशोधनका लागि महत्वपूर्ण मानिएका साधारणसभापछि नेपाली क्रिकेटमा लाग्दै आएको प्रतिबन्ध फुकुवा हुने विश्वास गरिएको छ। त्यसैले पनि यो साधारणसभालाई महत्वका साथ हेरिएको छ।

आइसिसीका प्रतिनिधिहरूको उपस्थितिमा हुने साधारणसभाले यसअघि एडभाइजरी कमिटीले तय गरेको मस्यौदाअनुसार निर्णय गर्नुपर्नेछ। अन्यथा फेरि पनि नेपाली क्रिकेट प्रतिबन्धबाट माथि उठन गाह्रो पर्नेछ।

मंगलबार पत्रकार सम्मेलन गर्दे निलम्बित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले निलम्बन फुकुवाका लागि आफूहरू हदैसम्म लचक भएको बताए। उनले भने, ‘निलम्बन फुकुवाका लागि हामीले जस्तोसुकै त्याग गर्न पनि तयार छौँ, तर विधि र नियमसंगत हुनुपर्छ भन्ने हाम्रो माग हो।’

क्यानले विधान पारीत गरेसँगै चुनावको वातावरण तयार हुनेछ। अधिकांश जिल्लाहरूमा राम्रो वातावरणमा चुनाव भएको भन्दै जिल्लाका चुनावले वैधानिकता पाउने विश्वास क्यानले लिएको छ। त्यसका लागि मोनिटरिङ कमिटी गठन हुने क्यानले जनाएको छ।

साथै निर्वाचनका लागि पनि मोनिटरिङ कमिटी रहनेछ। कमिटीमा आइसिसीका ३ तथा राखेप र निलम्बित क्यानका एकजना पदाधिकारीसहितको ५ सदस्यीय टोली बन्नेछ। टोलीको टुंगो भने लागिसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.