|

कञ्चनपुर ः जिल्लाको दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य चौकीमा मंगलबारदेखि बर्थिङ सेन्टर तथा प्रयोगशाल सेवा सञ्चालनमा आएको छ।

शुक्लाफाँटा नगरपालिका ७ पिताम्बर स्वास्थ्य चौकीमा मंगलबारदेखि बर्थिङ सेन्टर सञ्चालनमा आएको हो। स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर प्रयोगशाला नहुँदा यहाँका महिलाहरु झण्डै सात किलोमिटरको यात्रा तय गर्दै झलारी स्वास्थ्य चौकीमा पुग्नु पर्ने बाध्यता रहेको थियो।

तीन कोठा रहेको स्वास्थ्य चौकीकै एक कोठामा बर्थिङ सेन्टर र अर्को कोठमा प्रयोगशाला सेवा सञ्चालन गरिएको स्वास्थ्य चौकीका प्रमुख दीपक खड्काले बताए।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा मातृ र शिशु मृत्यु दर उच्च रहेको जनस्वास्थ्य कार्यालयका नर्सिङ अधिकृत पशुपति सिंहले बताइन्। 

‘गत वर्ष मात्रै यहाँ दुई जना आमाको अत्यधिक रक्त श्राव हुदा मृत्यु भएको थियो, शिशुको समेत मृत्यु दर उच्च थियो।’ उनले भनिन्, ‘बर्थिङ सेन्टर सञ्चालनमा ल्याएपछि मातृ र शिशु मृत्यु दर रोकिने छ।’ 

बर्थिङ सेन्टर स्थापनाले मात्रै समस्या समाधान नहुने भएकाले यसका लागि आवश्यक मापदण्ड पूरा हुनु पर्ने र घरमै हुने सुत्केरीलाई न्यूनिकरण गर्न जनचेतना फैलाउनु आवश्क रहेको उनले बताइन्। 

बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनका लागि रु सात लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.