|

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। बैंकले आफ्नो ११अौँ वार्षिक उत्सवको उपलक्ष्यमा विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो।  

एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक लाख रुपैयाँको चेक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष शिवगोपाल थापा मगरलाई हस्तान्तरण गरे। उक्त कार्यक्रममा बोल्दै अधिकृत सिंहले भने, ‘शिक्षित मानिसको जिम्मेवारी भनेको समाजमा रहेका खराब मानिसलाई आफ्नो समीपमा राखेर असल मानिसमा परिणत गर्नु हो।’

बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.