स्वास्थ्य

स्वास्थ्यकर्मीसमेत छाउगोठमा बस्न बाध्य
SHARES

छाउपडी प्रथा उन्मूलनमा समस्या

बैशाख ४, २०७५

    दैलेख : स्वास्थ्यकर्मी छाउगोठ बस्छन् भन्दा अचम्म लाग्न सक्छ। अचम्म नमान्नुहोस्, दैलेखको पश्चिम क्षेत्रमा महिनावारी भएको बेला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीसमेत छाउगोठमा बस्न बाध्य छन्।

    विभिन्न जिल्लामा घर भई जागिरको सिलसिलामा दैलेखका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी छाउगोठमा बस्न बाध्य भएका हुन्। महिनावारी हुँदा घरको जगसम्म पनि छुन नपाइने, छोएमा देउता रिसाउने र घरमा विभिन्न समस्या हुने अन्धविश्वासका कारण यहाँ कार्यरत स्वास्थ्यकर्मी छाउगोठमा बस्नुपर्ने बाध्यता भएको बताउँछन्। 

    अहेव हस्त बुढा विसल्ला स्वास्थ्य चौकीमा कार्यरत छन्। महिनावारी हुँदा घरभेटीले उनलाई घरभित्र छिर्न दिँदैनन्। देउता रिसाउने डरले महिनावारी भएको बेला यहाँका सबै महिला छाउगोठमा बस्ने गरेको भन्दै आफू पनि छाउगोठ बस्न बाध्य भएको उनले बताइन्। ‘पहिला घरको आँगनसम्म जान पाइँदैनथ्यो’, उनले भनिन्, ‘अहिले घरको अन्तिम कोठामा सुत्छु।’ 

    राकम कर्णाली स्वास्थ्य चौकीमा कार्यरत अनमी रानीदेवी बोहोराको समस्या पनि उस्तै छ। उनी पनि महिनावारी भएको बेला छाउगोठमै बस्ने गरेकी छन्। घरमा डेरा माग्न आउने स्वास्थ्यकर्मीलाई पहिला नै महिनावारी भएको बेला छाउँगोठमा बस्ने सहमतिमा मात्रै डेरा दिने गरेको उनी बताउँछिन्। 

    उनका अनुसार कतिपय स्वास्थ्यकर्मी महिनावारीका बेला स्वास्थ्य संस्थामै सुत्ने गरेका छन्। ‘महिनावारी भएको बेला यहाँ काम गर्ने स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमै सुत्ने गरेका छन्’, उनले भनिन्, ‘घरमा बस्न दिँदैन कहाँ जानु? त्यही भएर पनि स्वास्थ्यकर्मी स्वास्थ्य चौकीमा बस्नुपर्ने बाध्यता छ।’

    आठबिस नगरपालिका स्वास्थ्य इकाई प्रमुख नरेश्वरी शाहीले आफूहरु घरमा बस्ने बताइरहेका बेला त्यहीँ कार्यरत अनमी रानीदेवी बोहोराले स्वास्थ्य चौकीमा बस्ने गरेको दाबी गरिन्।

    विगतमा विभिन्न संघसंस्थाको पहलमा छाउगोठ भत्काएर गए पनि संस्था गएको भोलिपल्टै धमाधम छाउगोठ निर्माण हुने गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]