|

सुनसरी : नेत्रविक्रम चन्द विप्लवका १२ जना बढी कार्यकर्ता धरानबाट पक्राउ परेका छन्। धरानको हरियाली सामुदायिक वन क्षेत्रबाट इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरूलाई पक्राउ गरेको धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले बताए।

पक्राउ पर्नेमा अधिकांश अखिल शिक्षण संगठनमा कार्यरत कार्यकर्ताहरू रहेको पौडेलले जानकारी दिए। पक्राउ पर्नेमा भोजपुर षडानन्दका गोविन्द खड्का, इलामका प्रेम तामाङ, ताप्लेजुङका जीवननाथ भट्ट, ताप्लेजुङ फुङलिङ- ४ की सुशीला गौतम रहेका छन्। त्यस्तै, ताप्लेजुङकै गणेश लिम्बू, युवराज गौतम, खोटाङ ऐँसेलुखर्कका जीवन राई, दैलेखका सक्षमराम ढकाल, काठमाडौंका रमेश रूपाखेती र इलामका खिममाया परियार रहेका प्रहरीले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.