|

धादिङ : मोटरसाइकल दुर्घटनामा परी गल्छी गाउँपालिका–१ स्थित भैरवी आधारभूत विद्यालयका शिक्षक हरिप्रसाद खतिवडाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार राइजिङ भिलेज इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक नवराज ओझा घाइते भएका छन्।

बैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गरेका शिक्षकद्वय चढेको मोटरसाइकललाई मंगलबार अपराह्न ४ बजेतिर नुवाकोटको बेलकोटगढी नगरपालिका–५, कोल्पुटार नजिकै टिपरले ठक्कर दिएको थियो। 

घटनास्थलमा नै खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ। घाइते ओझालाई उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा लगिएको छ। मोटरसाइकललाई ठक्कर दिने टिपर प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसैगरी धुनीबेँसी नगरपालिका–६ स्थित इँटाभट्टामा मंगलबार एक मजदुरको मृत्यु भएको छ। कालिका इँटा उद्योगमा काम गर्ने बाँकेका५५ वर्षीय मुन्ची चौहानको मृत्यु भएको इलाका प्रहरी कार्यालय, खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले जानकारी दिए। 

इँटाभट्टामा सुतेको अवस्थामा उनी मृत फेला परेको प्रहरीले जानकारी दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.