|

भारतको पश्चिम बंगाल राज्यमा आएको आँधीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।

मंगलबार साँझ आएको तीव्र गतिको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कोलकातामा चार जनाको मृत्यु भएको आपद प्रबन्धन नियन्त्रण कक्षले जनाएको छ।

त्यसैगरी हावडा जिल्लामा पाँच जना तथा बाँकुरा र हुगलीमा एक\एक जनाको मृत्यु भएको हो। भारतीय मौसम विभागकाअनुसार प्रतिघण्टा ८५ देखि एक सय किलोमिटरमा आँधी(तुफान) आएको थियो।

हावाहुरीका कारण सडक आसपासका सयौं रुख ढलेका छन्। कोलकातामा सात दशकपछि पहिलो पटक तीव्रगतिको अाँधी आएको अधिकारीहरुले जनाएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.