|

स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ। बुधबार भएको खेलमा बार्सिलोना सेल्ठा डी भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको हो। 

'अवे' मैदानमा भएको खेलमा ३६ औँ मिनेटमा उसमा डेम्बेलेको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लियो। ४५ औँ मिनेटमा क्यास्ट्रो ओट्टोले सेल्टाका लागि बराबरी गोल फर्काए।

पहिलो हाफमा १–१ को बारबरी भएको खेलको ६४ औँ मिनेटमा पाको अलकेसरले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। २–१ को अग्रता लिएको बार्सिलोनाका खेलाडी सेर्गी रोबर्र्टो खेलको ७१ औँ मिनेटमा रातो पाए। सेल्टाका लागो एस्पासलाई तानेका कारण सेर्गी रोबर्टोले रातो कार्ड पाएर मैदान छाड्नु पर्‍यो। १० खेलाडीमा सीमित बार्साले खेलको ८२ औँ मिनेटमा गोल खान पुग्यो। सेल्टाका लागि लागो एस्पासले बराबरी गोल फर्काए।

लिग लिडर रहेको बार्साको ८३ अंक भएको छ। दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३२ खेलबाट ७१ तथाथा तेस्रो स्थानको रियल मड्रिडको ६७ अंक रहेको छ।मंगलबार राति नै भएका अन्य खेलमा भिल्लारियलले लेगानेसलाई २–१ ले हरायो भने डिप्रोटिभो डी ला कोरुना र सेभिल्लाले गोलरहित बराबरी खेल्दै अंक बाँडे।   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.