|

तनहुँ : कुसुण्डाभाषी राजामामाको निधन भएको छ। व्यास– १० डिहीगाउँस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको उनको पारिवारले जनाएको छ।

'उहाँ बिहान ४ बजे उठेर शौचालय जानुभयो', श्रीमती रानीमाइजु इन्द्रमाया कुसुण्डाले भनिन्, 'शौचालयबाट फर्किन समय लागेपछि बाहिर हेर्दा आँगनमा ढलेको देखेँ।' छिमेकीको सहयोगमा भित्र लगी चिया खुवाएको र केही बेरमा राजमामाको निधन भएको उनले बताइन्।

अन्तिम श्रद्धाञ्जलीका लागि शव निवासमा राखिने र मादीसेती दोभानमा अन्तिम दाहसंस्कार गरिने आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्की अध्यक्ष वसुन्धरा घर्तीले बताइन्। जंगलमा बस्दै आएका राजामामा कुुसुण्डा परिवारलाई नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले संरक्षण गर्दै आएको छ।

व्यास–१० डिहीगाउँमा प्रतिष्ठानले जग्गा किनेर बनाइदिएको घरमा राजमामाको परिवार बस्दै अाएको छ। कुसुण्डा नेपालको लोपोन्मुख जाति हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.