|

दाङ : घोराहीमा गाडीले ठक्कर दिँदा एक जनाको  मृत्यु भएको छ । घोराही–८, वनगाउँ निवासी ३८ वर्षीय तुलसीराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बुधबार बिहान ५ः३० बजेतिर घोराही–११, नारायणपुर नजिक बुकाली डाँडा भन्ने ठाउँमा गाडीको ठक्करबाट उनको ज्यान गएको हो । उनलाई ठक्कर दिने गाडीको भने पहिचान भएको छैन। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.