|

कैलाली : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीसहित ११ जना बालबालिकालाई विद्यालय भर्ना गरेका छन्।

भट्टले छोरी पुष्पा भट्टलाई धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना गरेका हुन्। संघीय सरकारले सुरु गरेको विद्यालय भर्ना अभियान अन्तर्गत बुधबार उनले अन्य १० बालबालिकालाई पनि विद्यालय भर्ना गरेका छन्।

यसअघि उनकी छोरी डोटीको केआइसिंह गाउँपालिकास्थित देवस्थली माविमा अध्ययनरत थिइन्।

मुख्यमन्त्री भट्टले शिक्षक, कर्मचारीलगायत उच्च ओहोदाका व्यक्तिहरूले अनिवार्य रुपमा आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न भनेका छन्। उनले भने, “विद्यालयप्रति चासो राख्नुहोस् अनि मात्र शिक्षाको गुणस्तरमा सुधार हुन्छ।”

उनी कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडसहित विद्यालय पुगेका थिए।

मुख्यमन्त्री भट्टले विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताउँदै यसमा सबैको सहयोगसमेत आवश्यक रहेको बताए। प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताए।

भर्ना कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन भर्ना अभियानमा सहयोग गरेको उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.