समाज

माओवादी र युवा संघका नेता नै मनोज पुनका सहयोगी !
SHARES

बैशाख ५, २०७५

    बुटवल : कुख्यात डन मनोज पुनलाई सघाउनेमा राजनीतिक दलका नेता र व्यवसायी नै रहेको रहस्य खुलेको छ। 

    रुपन्देहीमा हत्या आतंक मच्याउने पुनका गतिविधिलाई सघाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य र एमालेनिकट युवा संघका पूर्व नेता र एकजना व्यवसायी पक्राउ परेका हुन्। 

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरी एमाओवादी केन्द्रीय सदस्य देवदह नगरपालिका ४ का लेखनाथ न्यौपाने, युवा संघका पूर्व जिल्ला नेता बुटवल ७ शिवनगरका उत्तम आचार्य, मदिरा उद्योगी बुटवल ४ का हरिप्रसाद श्रेष्ठ, देवदह  ६ का रोशन खड्का र देवदह ५ का तुल्सी न्यौपानेलाई सार्वजनिक गरेको हो। 

    उनीहरुले एक महिना अघि प्रहरी इन्काउन्टरमा मारिएका पुनलाई सहयोग गरेका थिए। पुनको सहयोगीको रुपमा नारायण बस्नेतलाई गोली हानी ज्यान मार्ने उद्योग गरेका, दुर्गा तिवारीलाई गोली हान्ने हत्या, वसन्त पौडेलको हत्या र भारतीय अपराधी विट्टु सिंहसंग निरन्तर सम्पर्कमा रही आपराधिक कार्यमा सहयोग पु¥याएको अभियोगमा पक्राउ परेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए। 
     

सी.पी. खनाल

बुटवलमा रहेर पत्रकारिता गर्ने सी.पी. खनाल थाहा सञ्चार नेटवर्कका सम्वाददाता हुन्। इमेलः hamrocp@gmail.com 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]