|

क्रिकेटको सर्वाधिक छोटो फर्म्याट टी-२० मा सर्वाधिक चौका छक्का हुन्छ। ब्याट्सम्यानको विस्फोटक इनिङ देख्न पाइन्छ। सोमबार दिल्लीको टिम कोलकातालाई उसकै मैदानमा हराउने उद्देश्यका साथ उत्रिएको थियो तर जीतबाट दिल्ली निकै टाढा रह्यो। उक्त हारपछि दिल्ली अब खेलमा नयाँ प्रयोग गर्नुपर्ने रायमा पुगेको उसको आधिकारिक वेव पोर्टल (दिल्ली डेयर डेभिल्स डट कम)ले उल्लेख गरेको छ।

उक्त वेवसाइटका अनुसार कोलकातासँग दिल्ली हार्नुका पाँच कारण यस्ता छन्:

१. राम्रो सुरुवातका बाबजुद खेल गुमाउनु

दिल्ली डेयर डेविल्सका तर्फबाट कप्तान गौतम गंभीरले टस जितेर पहिले बलिङको फैसला गरे। उनीअघि पहिले ब्याटिङ गर्ने टिमले निरन्तर पराजित भइरहँदा दिल्लीले जित्न सकेन। यसअघि १२ मध्ये नौ पटक पहिले बलिङ गर्ने टिमले जितेको थियो। दिल्लीलाई राम्रो सुरुवात पनि मिल्यो तर बलरहरू सोही प्रदर्शन दोहोर्‍याउन असफल भए ।

२. ट्रेन्ट बोल्टबाहेक सबै फ्लप

दिल्लीका लागि बलरहरूमा ट्रेन्ट बोल्टबाहेक सबै फ्लप देखिए। बोल्टले ४ ओभरमा २९ रन दिएर २ विकेट लिँदै कोलकाताको ब्याटिङलाई कमजोर पार्ने प्रयास गरे तर अर्कोतर्फबाट उनलाई कुनै सहयोग मिलेन।

उसका अन्य ब्याट्सम्यान मोहम्मद समीले ४ ओभरमा ५३ रन दिए भने क्रिस मोरिसले ४ ओभरमा ४१ रन दिए। त्यस्तै, शहबाज नदिमले ४ ओभरमा ४३ रन दिए। उनीहरूले १२ ओभरमा १३७ रन लुटाएका थिए, जसका कारण कोलकाता उच्च स्कोरमा पुग्न सफल भयो।

३. आन्द्रे रसेलको १२ बलमा ६ छक्का

टी-२० क्रिकेटमा एक/दुई ओभरमा पासा पल्टिने गरेको छ। यो सत्य सोमबारको खेलमा पनि देखियो। इडेन गार्डेनमा पूर्ण रूपमा दिल्लीलाई तहसनहस पार्न रसेल काफी बने। दिल्लीले कोलकाताको ५ विकेट झारेको थियो। लागिरहेको थियो, अब दिल्ली खेलमा हावी हुनेछ तर रसेलले खेलको रूप नै परिवर्तन गरिदिएका थिए। उनको ४१ रनको पारी नै दिल्लीलाई बाहिर पठाउन महत्त्वपूर्ण रह्यो।

४. दिल्लीका ९ ब्याट्सम्यानले दोहोरो स्कोर छुन सकेनन्

यस्तो होइन कि दिल्ली डेयर डेभिल्ससँग यस्ता ब्याट्सम्यान छैनन्, जसले २०० को आँकडा पार गर्न नसकुन् तर श्रृषभ पन्त र ग्लेन म्याक्सवेलबाहेक अन्यको प्रदर्शन भने निकै खराब रह्यो। ठूलो स्कोर पछ्याउँदा आवश्कय पर्ने महत्त्वपूर्ण साझेदारी गर्न दिल्ली असफल भयो। उसका अन्य ९ ब्याट्सम्यान दोहोरो स्कोर नबनाई पेभिलियन फर्किनु टिमका लागि घातक सिद्ध भयो।

५. केकेआरका स्पिनरको जालमा परे ब्याट्सम्यान

एकातर्फ दिल्लीका स्पिनर खेलमा रन लुटाइरहँदा अर्कातर्फ कोलकाताका तीन स्पिनरले ७ ओभर २ बलमा ६६ रन दिएर ७ ब्याट्सम्यानलाई पेभिलियन पठाएका थिए। दुईतर्फका बलरहरूमा यति ठूलो अन्तर दिल्लीलाई हैरान बनाउन पर्याप्त रह्यो। यो सिजनमा हरेक टिमसँग राम्रा स्पिनरहरू छन्। यसको फाइदा मैदानमा उठाइरहेको पनि देखिन्छ। आशा गरौँ, आउने खेलमा दिल्लीले पनि आफ्ना अनुभवी स्पिनर अमीत मिश्राको साथमा नेपालका सेन वार्न सन्दीप लामिछानेलाई पनि मौका दिनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.