|

जाजरकोट : जिल्लाको नलगाड नगरपालिकामा व्यावसायिक रुपमा जलयात्रा सुरु भएको छ । वन तथा वातावणमन्त्री शक्तिबहादुर बस्नेतले  नलगाड नगरपालिका–८ बगराबाट जलयात्राको उद्घाटन गरेका हुन्।

जलयात्रा व्यावसायिकरुपमा वडा–८ वगारादेखि वडा–७ दल्लीसम्म सञ्चालन हुने भएको हो। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले जलासययुक्त नलसिङ गाड जलबिद्युत आयोजनाको निर्माण कार्य पाँच वर्षभित्रै अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

उनले जिल्लाको बारेकोट गाउँपालिकामा रहेको फलाम खानी, नलगाड नगरपालिकामा रहेको सिसा खानी, भेरी नगरपालिकाको भुरमा रहेको ग्रेफाइट खानीलाई आगामी आर्थिक वर्षमै उत्खनन् र प्रशोधन प्रक्रियामा लैजाने बताए। नलगाड नगरपालिका निर्माणका लागि आर्थिक तथा प्राविधिक जस्ता विषयमा कमी हुन नदिने प्रतिबद्धता दिएका छन्। 

नगरपालिकामा पर्यटन उद्योगको विकासका साथै निजी लगानीकर्ता प्रबद्र्धनमा जोड दिने नगर प्रमुख टेकबहादुर रावलले बताए। लगानीकर्ता प्रवद्र्धनका लागि निजी कम्पनीलाई जलयात्रा सञ्चालन गर्न लगाउनुको साथै नेपाल पर्यटन मन्त्रालय अन्तरर्गत होटल व्यवस्थापन प्रतिष्ठान रविभवन कालिमाटी काठमाडौंको आर्थिक तथा प्राविधिक सहयोगमा ३४ जनालाई १० साना होटल तथा लज व्यवस्थापन तालिम सञ्चालन गरिएको प्रमुख रावलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.