|

काठमाडौं : धितोपत्र बोर्डले शेयरको सार्वजनिक निष्काशनमा सी-आस्वा प्रणालीलाई प्रभावकारी बनाउन थप कदम चालेको छ। शेयर खरिदका लागि प्राप्‍त आवेदन सफ्टवेयरमा रुजु गरी ग्राहकको पहिचान भएपछि मात्रै आवेदन लिने जस्ता उपायहरू बोर्डले अवलम्बन गरेको हो।

सी-आस्वाका लागि अनुमति प्राप्‍त बैंक तथा वित्तीय संस्थाका कार्यालयमा दिइने सेवा प्रभावकारी नभएको, आस्वाको लागि यथेस्ट रकम उपलब्ध नरहेको जस्ता समस्या देखिन थालेपछि बोर्डले थप कदम चालेको हो।

अब सी-आस्वा गर्दा सार्वजनिक निष्काशनको शेयर खरिदका लागि प्राप्त आवेदन सी-आस्वा सफ्टवेयरमा ग्राहकको पहिचान यकिन गरेपछि मात्रै लिइनेछ।

त्यस्तै, आवेदनकर्ताको खातामा आवेदन दिँदाको समयमा आवश्‍यक रकम आवेदन रकम स्वीकार गरी रकम रोक्का हुने धितोपत्र बोर्डबाट जारी विज्ञप्तिमा उल्लेख छ।

यसबारे जानकारी गराउन पर्याप्त पत्राचार गर्ने तथा कर्मचारीलाई तालिम दिने कार्यक्रम रहेको पनि बोर्डले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.