|

काठमाडौं: सरकारी स्वामित्वको दुरसञ्‍चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको मुगम कर्मारोङ गाउँपालिकामा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले बुधबार काठमाडौंको बलम्बुमास्थित सगरमाथा अर्थ स्टेशनबाट भिस्याट प्रविधिलाई लिंक गरी सेवा सञ्चालनमा ल्याएको हो।

चीनको सीमाना तत्कालीन मुगु गाविसको मुगु गाँउ नाक्च्या लाग्नासँग जोडिएको गाउँपालिका हो। यो करिब ३ हजार मिटर उचाइमा छ। मुगु सदरमुकाम गमगढी र रारातालदेखि तीन दिन पैदल हिडेर सो स्थानमा पुग्न सकिन्छ।

अब यो सेवाबाट त्यस स्थानका करिव २०० घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुने टेलिकमले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.