|

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध नेटवर्क व्यवसाय संचालन गर्ने सात जनालाई पक्राउ गरेको छ। 

ब्युरोबाट खटिएको टोलीले लामो समयदेखि आइबोस ग्लोबल मार्केटिङ कम्पनीको नाममा सर्वसाधारणलाई आइबोस सदस्य बनाउने काभ्रेका राजकुमार दंगाल, भक्तपुरका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रविन नेपाली, पूर्णबहादुर श्रेष्ठ, तिर्सना सुनुवार र सोलुखुम्बुका प्रदीप राईलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

सात जनाले झण्डै आठ हजारलाई सदस्य बनाएको अनुसन्धानमा खुल्न आएको ब्युरोले जनाएको छ। तीमध्ये शिवाकोटीले पाँच हजार ८८९, भक्तबहादुरले २५०, रविनले एक हजार ३२, राईले ३०१, सुनुवारले २०० र श्रेष्ठले १२१ सदस्य बनाएको अनुसन्धानमा खुलेको छ। दंगाल भने संचालक हुन्। 

६६ जनालाई नियन्त्रणमा लिएको ब्युरोले अनुसन्धानपश्चात् अरूलाई छाडेर सात जनालाई ठगी गरेको अभियोगमा कानुनबमोजिम अनुसन्धान अगाडि बढाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.