|

काठमाडौं : नेपाली राजदूतावास पेरिसले १३ अप्रिल २०१८ मा पेरिसको पेरिसहलको समन्वयमा नेपाली नयाँ वर्ष मनाएको छ।

फ्रान्स र नेपालको सम्बन्ध स्थापना भएको ६९ औं वर्षगाँठमा फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुइँटेल र १७औँ पेरिस का मेयर जिओफोरी बोउलार्डले संयुक्त रूपमा उद्घाटन गरे। 

नेपालको आर्थिक विकास, पर्यटन, संस्कृति सम्बन्धमा अन्तरक्रियासहित विविध सास्कृतिक कार्यक्रम गरिएको थियो।  कार्यक्रममा नेपाली दूतावासले विभिन्न नेपाली परिकारहरुको व्यवस्था गरेको थियो। फ्रान्सका आमन्त्रित २५० पाहुनाहरूले नेपाली खाना, गीत\संगित, नृत्य, वेशभूषा आदिको  खुलेरै प्रशंसा गरे।  

हेर्नुहोस् फोटो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.