|

काठमाडौं : युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट बुधबार राजीनामा दिएका छन्। संघको जारी केन्द्रीय कमिटीको बैठकमा उनले पदबाट राजीनामा दिएका हुन्। 

गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश- ४ अन्तर्गत कास्की क्षेत्र नम्बर- ३ 'ख'बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उनले बताए। 

वि.सं. २०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित नेतृत्वमा आएका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर पनि हुन सकेको थिएन। संगठनको केन्द्रीय कमिटीले नयाँ अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सम्भावना बढेको छ। 

संघका उपाध्यक्ष दिलु पन्त, सचिव नरेश शाहीलगायतले वाईसिएलसँग एकता गरी महाधिवेशनबाट नयाँ नेतृत्व निर्माण गर्नुपर्ने समयमा अध्यक्षले दिएको राजीनामाले संगठनमा लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन हुन नसक्ने प्रतिक्रिया दिएका छन्। 

असन्तुष्ट पक्षले सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा नेतृत्व निकट व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिनका लागि हतास मानसिकताबाट अध्यक्षले पद त्यागको घोषणा गरेकामा चिन्ता व्यक्त गर्दै विधि र प्रक्रियाबाट नेतृत्व चयन नभएमा समानान्तर संगठन गठन हुनसक्ने बताएका छन्। 

यही बैशाख ४ गतेदेखि सुरु भएको बैठकमा संगठनका इन्चार्ज महेन्द्रबहादुर पाण्डेले मुलुकको दिगो विकास र समृद्धिका लागि युवा वर्गलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.