|

इण्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले तेस्रो जित निकालेको छ। बुधबार भएको खेलमा कोलकताले राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै लिग अंक तालिकामा  शीर्ष स्थानमा उक्लिएको हो।

जयपुरमा भएको खेलमा घरेलु टिम राजस्थानले कोलकाताविरुद्ध टस हारेर पहिलो ब्याटिङमा २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ६० रन बनाएको थियो। उसका लागि जोन म्याथ्यु सोर्टले ४४ रन बनाए भने कप्तान अजिन्क्या राहाणेले ३६ तथा जोस बट्लरले २४ रन थपे । बाँकी खेलाडी सस्तैमा आउट भए ।

जवाफमा कोलकाताले १८ ओभर ५ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरे। उसका जिते रविन उथप्पाले ४८ तथा नितेश राना र सुनिल नारेनले समान ३५–३५ रन बनाए। यस्तै कप्तान दिनेश कार्तिकले ४२ रनको योगदान गरे। अंक तालिकामा पाँच खेलबाट कोलकाताले ६ अंक बनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.