|

एथ्लेटिक क्लबसँग अन्तिम समयमा गोल फर्काएपछि रियल म्याड्रिड स्पेनिस ला लिगामा सम्भावित हार टार्न सफल भएको छ। बुधबार राति भएको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे।

तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वीका रूपमा हेरिएको क्लबले रियलविरुद्ध १४ मिनेटमा नै अग्रता लिएको थियो। उक्त अग्रता अन्तिम दुई मिनेट हुँदा जोगाउन असफल भएपछि रियल भाग्यमानी रह्यो। रियलले भने एथलेटिको म्याड्रिड र बार्सिलोना विरुद्धको अंक दूरी कम गर्ने मौका गुमायो।

लिगको शीर्ष स्थानमा रहेको बार्सिलोना उपाधि भन्दा दुई जित टाढा छ। रियलको भने यो पटक उपाधि होड लगभग सकिएको छ। पाँच खेल बाँकी रहँदा रियल १५ अंकले पछि छ। खेलको १४ औं मिनेटमा इनाकी विलियम्सको गोल मार्फत एथ्लेटिकले अग्रता बनाएको थियो ।

५९ हजार दर्शक माझ भएको खेलमा रियल पहिलो हाफमा एक गोलले पछि पर्‍यो। तर ८७ औं मिनेटमा लुका मर्डिचको पासमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै रियलको संकट पार लगाए। लिगको १२ औं स्थानमा रहेको रियलले त्यसपछि पनि दुई वटा गोलको अवसर सिर्जना गरेको थियो तर सफल भएन। लिग अंक तालिकामा बार्सिलोनाको ३३ खेलबाट ८३ अंक रहेको छ भने एथ्लेटिकोको ७१ र रियलको ६८ अंक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.